३ दिनअघि चोरी भएको तिलहरी र नगद चोरले घरमै फिर्ता गरेपछि…

काठमाडौं– बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालमा अनौठो घटना घटेको छ। घर फोडेर चोरी गरेको सामान चोरले तीन दिनपछि घर धनिको आँगनमै लगेर राखिदिएपछि स्थानीयवासी आश्चर्यमा छन्।

स्थानीय बुद्धबीर वलीको घरबाट मङ्गलबार राति चोरी भएको थियो। घरमा कोही नभएको मौका पारेर ढोकाको ताला फुटाई चोरले सुनचाँदीका गुहना र नगद ४५ हजार रुपियाँ लगेका थिए।

उक्त गहना र नगद रुपियाँ गएराति घर धनिकै आँगनमा फेला परेको छ। घरधनीले नगद र सुनको तिलहरी चोरी भएपछि बुधबार प्रहरीमा उजुरी दिएका थिए। तर, तिलहरी र नगद ४५ हजारमध्ये चोरले शुक्रबार राति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएको बुद्धबीरका छोरा प्रेमले बताए।

यो घट्नापछि स्थानीयवासी आश्चर्यचकित भएको छन्। सफलतापूर्वक चोरी गरेको सामान चोरले किन फिर्ता गरे भन्ने विषयमा स्थानीयमा खुल्दुली छ। कतिपयले भने चोरीमा अपरिपक्क ब्यक्ति संलग्न भएको र प्रहरीमा उजुरी परेपछि पक्राउ पर्ने डरले सामान फिर्ता गरेको आशंका गरेका छन्।

चोरीमा घरभित्रकै ब्यक्ति वा आफन्त हुन सक्ने उनीहरुको आशंका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट