भुकम्प पीडितको राहतको कम्वलमा पेट्रोल छर्केर आगो लगाउँने दुई युवक पक्राउ

काठमाडौं– भुकम्प पीडितका लागि वितरण गरिएको राहत सामग्री जलाउने रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले आइतबार साँझ साढे पाँच बजे कम्बल लगायतको राहतमा असन्तुष्टि जनाउँदै पेट्रोल छर्किएर जलाएका थिए। उनीहरुलाई राहत सामग्री जलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको जनाईएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनीहरुले राहतमा पाएको ८ वटा कम्बलमा पेट्रोल छर्किएर जलाएका थिए। अरूले धेरै राहत पाएको र आफूले कम पाएको भन्ने उनीहरुको गुनासो थियो।

वडाध्यक्ष मानबहादुर पुनका अनुसार उनीहरूले आफूसहित अरूलाई वितरण गरिएका कम्बलसमेत खोसेर पेट्रोल छर्किएर आगजनी गरेको हुन। आफुहरुले कसैमाथि भेदभाव नगरेको बताएका उनले राहतमा आगजनी गरेर अन्य भूकम्प प्रभावितको भावनामाथि खेलवाड गरेको आरोप लगाए।

जेष्ट नागरिक, अशक्त, एकल महिला, अति विपन्न परिवारलाई आवश्यकताका आधारमा थप केही राहत सामग्री वितरण गरिएको कुरा भने उनले स्वीकार गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट