सोलुखुम्बुमा उडिरहेको हेलिकप्टरबाट ६५० किलोको सामान खसेपछि…

सोलुखुम्बु– सोलुखुम्बुमा मंगलबार दिउँसो करिव ४ बजे कैलाश एयरको उड्दै गरेको हेलिकप्टरबाट सामान खसेको छ । सोलुदुधकुण्ड नगरपालिका १ देकुमा हेलिकप्टरमा झुण्ड्याएर लगेको प्लाइउड खसेको हो।
सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ फेरुचेका लागि कार्गो कैलाश एयरको हेलिकप्टर सामान लिएर उडेको थियो। उडिरहेकै बेला करिब ६५० किलो सामान जंगलमा खसेको प्रहरीले जनाएको छ।
टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाका अनुसार सामाग्री खसेको स्थान बस्तीबाट करिब २ किलोमिटर टाढा हो। जंगलमा खसेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको शेर्पाले बताए ।
हेलिकप्टरमा कार्गो ढुवानी गर्दा राम्रोसँग ख्याल नगर्दा यस्ता घटना हुने गरेको उनले वताए। हेलिकम्पनीहरूको लापरबाहीका कारण बस्तीमा दुर्घटनाको जोखिम बढेको उनले चिन्तासमेत ब्यक्त गरेका छन्।