महिला टी–२० सिरिजमा आज हङकङसित भिड्दै नेपाली चेली

काठमाण्डौं– चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेपालले हङकङसित प्रतिस्पर्धा गर्दैछ। दुवै टिमको यो दोस्रो खेल हो। खेल बिहान ११ः४५ मा सुरु हुनेछ ।

हङकङ पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो भने पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको थियो। आजको खेल जितेमा हङकङले फाईनल यात्रा पक्का गर्ने छ।

बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको थियो। तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो भने नेपालले सबै विकेट गुमाएर ८८ रन मात्र बनाएको थियो।

नेपालका लागि सीता राना मगरले मात्रै ४३ रन बनाएकी थिईन। अन्य ब्याट्म्यानले सम्झन लाईक रन बनाउन सकेनन्।

हङकङमा जारी सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ। यस्तै वरीयतामा हङकङ २२औं तथा जापान ५१औं स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट