सशस्त्रका असईले अस्पतालको ल्यापटप चोरेपछि…
काठमाडौं– ल्यापटप चोरी गरेको आरोपमा प्रहरीका असई नै पक्राउ परेका छन्।
कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका असई रमेश भण्डारी पक्राउ परेका हुन।
दार्चुमा कार्यरत धनगढी उपमहानगरपालिका ३ घर भएका असई भण्डारीले ट्रेनिङको लागि पोखरा आएको बेला अस्पतालको ल्यापटप चोरेको आरोप छ।
पक्राउ परेका भण्डारीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए।
प्रतिक्रिया