वीपिन जोशी हमासको कब्जामाः घाईते भएको र अस्पतालमा उपचार गरेको फुटेज सार्वजनिक

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी घाईते भएको र एक अस्पतालमा उपचार गराईएको सीसीटीभी फुटेज फेला परेको छ।

इजरायली सेनाले सार्वजनिक गरेको फुटेजमा बन्धक बनाइएकालाई गाजाका अस्पतालमा राखिएको पुष्टि भएको छ।

घाइतेहरूलाई हमासले अस्पताल लैजाँदै गरेको फुटेजमा देखिन्छ। एकजना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अका ब्यक्ति हिँडिरहेको देखिएको छ।

हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ। इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको छ।

दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएकोसमेत बताएको छ। उनी अहिलेसम्म सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको पनि दूतावासले जनाएको छ।

इजरायली सेनाका अनुसार हमासले करिब २४० जनालाई बन्धक बनाएको थियो। गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । जसमा १० जना नेपाली पनि परेका छन्। त्यस्पछि इजरायलले लगातार गाजामा आक्रमण गरेको छ। इजरायलेको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन्।

https://twitter.com/IDF/status/1726319791865016493


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट