विवादित पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियार एमाले प्रवेश
जनकपुर– विवादित कम्पनी पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन्।
७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएको केही समयपछि पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण निलम्बित भएका थिए।
रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन्। उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगर्दा विवादमा मुछिँदै आएका छन्।
प्रतिक्रिया