पतिपत्निको झगडाले तीन जनाको ज्यान गयो, श्रीमती र छोराको हत्या गरी टीकाले गरे आत्महत्या

धनकुटा — धनकुटा नगरपालिका–१ निगालेमा एकै घरका तीन जना मृत फेला परेका छन् । ३७ का टीका गुरुङ, उनकी श्रीमती ३८ वर्षीया भीमा र ११ वर्षका छोरा आयुष मृत फेला परेका हुन।

टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

६ वर्षकी छोरी आशिका भने सकुशल छिन् । उनलाई बाबू टीकाले राति नै छिमेकीको घरमा पु¥याएपछि घटना गराएको देखिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो ।

त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए । घटना मध्यराति भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। आज बिहान घरभित्र तीन जनाको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट