बर्दियामा भिषण आगलागी, ३ बालबालिकासहित ४ जनाको जलेर मृत्यु

काठमाडौं– बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। एक जना गम्भिर घाइते भएका छन्।

शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो। आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय कृष चन्द, १८ महिनाका बालक कार्तिक चन्द, १० वर्षीय बालक मानषि बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सिराम अर्यालले बताए।

चिसोबाट बच्न तसलामा बालेको आगोबाट आगलागी भएको हो स्थानियवासीले बताए। प्रहरीले घटनाको अनुन्धान गरिरहेको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट