अध्ययनको निस्कर्षः छोटो र लामो अवधिका लागि फरक–फरक पुरुष चाहान्छन् महिला

काठमाडौँ– महिला कस्ता पुरुषतर्फ आकर्षित हुन्छन्? उनीहरू कस्तो खालका पुरुषसँग बिहे गर्न चाहन्छन्? अनि कोसँग चाँहि डेटिङ मात्रै जान चाहन्छन्? यस्ता खालका प्रश्नको जवाफ प्रायः विवादित रहन्छन्। कहिले हँसी मजाक र ठट्टामा त कहिले गम्भीर भएर पुरुषहरूले पनि यस्ता कुरा सोचेका होलान्।

हालै भएको एउटा अध्ययनमा यी कुराहरू डिकोड गरिएको छ। यो अध्ययनका अनुसार महिलाहरू केही समयको सम्बन्धका लागि शारीरिक रूपमा बलिष्ठ पुरुषलाई मन पराउँछन्। जिन्दगी बिताउने मामिलामा भने हँसिलो पुरुष रोज्छन्।

लामो समयसम्म सम्बन्धलाई टिकाउने मामिला र सफलता पार्टनरको सेन्स अफ ह्युमरमा भर पर्ने पर्सनल रिलेशनशिप्समा प्रकाशित अध्ययनको निष्कर्ष छ। महिलाहरूले बलियो र हँसिलो पुरुषलाई आफ्नो प्राथमिकता अनुसार रोज्ने गर्छन्। अझ बुझ्ने भाषामा भन्ने हो भने महिलाहरूले केही फ्याक्टरलाई ध्यानमा राखेर पार्टनर रोज्छन्।

छोटो समयको सम्बन्ध जस्तै डेटिङका लागि उनीहरूको रोजाईमा बलिष्ठ पुरुष पर्छन्। दीर्घकालीन सम्बन्ध अर्थात् बिहे वा जीवन बिताउने मामिलामा भने उनीहरू पुरुषको सेन्स अफ ह्युमरलाई प्राथमिकता दिन्छन्।

यो अनुसन्धान सामाजिक धारणा र पारस्परिक प्राथमिकतालाई कुन कारकले प्रभावित गर्छ भनेर बुझ्न गरिएको थियो। महिलाहरूले छोटो अवधि र लामो अवधिको पार्टनरका लागि फरक फरक रुचि र प्राथमिकता दिने गरेको अनि शारीरिक विशेषता र व्यवहारलाई अलग अलग तरिकाले महत्व दिने गरेको शोधले देखाएको छ।

अध्ययनमा एउटा ठुलो विश्वविद्यालयका हेट्रोसेक्सुअल र बाइसेक्सुअल दुबै खालको पहिचान भएका महिलालाई समावेश गरिएको थियो। यसमा कूल ३९४ जना महिलासँग प्रश्नोत्तर गरिएको थियो । अधिकांश महिला १९ वर्ष आसपासका थिए।

आदर्श भएर सोच्दा महिलाहरूले शारीरिक रूपमा आकर्षक अनि सकारात्मक व्यवहार भएका पार्टनर चाहन्छन्। तर यस्तो मान्छे पाउनै मुस्किल छ। त्यसैले उनीहरूको प्राथमिकता कयौँ पटक बदलिन्छ।

अनुसन्धानकर्ताहरूले यो अध्ययनको माध्यमबाट महिलाहरूले छोटो अवधि र लामो अवधिमा पार्टनर चयन कसरी गर्छन्, कुन कुरामा ध्यान दिन्छन् अनि उनीहरूको प्राथमिकता के हुन्छ भनेर हेर्न खोजेका थिए।

सो क्रममा शारीरिक मजबुती र सेन्स अफ ह्युमरलाई लिएर महिलाहरूको फरक–फरक धारणा पाइयो। यसले पुरुष साथीको मामिलामा महिलाहरूको रोजाई अलग अलग भएको देखाएको छ।
– एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट