महिलाको हत्या गरी परालभित्र शव

जनकपुर– धनुषामा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

धनौजी गाउँपालिका– ४ भडरियास्थित आँपको बगैँचामा परालले छोपिएको अवस्थामा अपरिचित महिलाको शव फेला परेको हो।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ।

दुई÷तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ। कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट