ग्रामिण क्षेत्रका अशिक्षित र विपन्न बालिका काठमाडौंका होटलमा यौनकर्मी

काठमाडौं– ग्रामिण क्षेत्रका विपन्न र अशिक्षित बालबालिकालाई जागिरको प्रलोभन देखाएर काठमाण्डौंमा बोलाई विभिन्न होटलहरुमा यौनधन्दा गराउने गरिएको खुलेको छ।

बालिकालाई बोलाएर यौनक्रियाकलापमा लगाएको आरोपमा १४ मंसिरमा प्रहरीले तनहुँको भिमाद नगरपालिका–२ की २५ वर्षीया सपना तामाङ भनिने पूजा रानालाई पक्राउ गरेपछि यसको खुलासा भएको हो। उनी बसपार्कबाट पक्राउ परेकी हुन्।

रानाले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरूलाई धागो कात्ने, घरहरूमा बच्चा हेर्ने, होटेलमा सरसफाइको काममा लगाइदिने भन्दै काठमाडौंमा बोलाउने र विभिन्न होटलहरुमा राखेर यौन धन्दा गराउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

त्यसरी बोलाइएका बालिकाहरूलाई बसपार्क र कलंकीस्थित विभिन्न होटेल तथा गेस्टहाउसहरूमा राख्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले जनाएको छ। ती मध्ये तीन बालिकाको प्रहरीले उद्वार गरेको छ।

ति बालिकाहरूलाई विगत १० महिनादेखि विभिन्न डरत्रास देखाई शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुलेको ब्युरोका एसपी कृष्णप्रसाद पगेनीले बताए।

रानाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट