पोर्न फिल्म र मदिराले उन्मत्त भएपछि ४ वर्षिया बालिकाको बलात्कार

काठमाडौं– ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पशुपति आर्यघाटमा विगत १२ वर्षदेखि शव सदगद् गर्दै आएका सुमन खरेललाई पक्राउ गरेको छ। उनले पोर्न फिल्म हेरेर बालिकाको मुखमा बलात्कार गरेको आरोप छ।

काभ्रेको भुम्लु गाउँपालिका–८ घर भएका खरेललाई पक्राउ गरेर प्रहरीले बलात्कारको मुद्दा चलाएको हो। उनले २३ कात्तिकमा पिंगलास्थानस्थित एक पसलमा मदिरा सेवन गरेर खेल्दै गरेकी ४ वर्षीया बालिकालाई शौचालयमा लगेर मुखमा लिंग छिराई बलात्कारर गरेको अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ।

खरेलले समेत बयानमा उक्त कुरा स्वीकार गरेका छन्। दिउँसो २ बजेतिर पिंगलास्थानमा पोर्न भीडियो हेर्दै आफूले मदिरा सेवन गरेको र पिसाब फेर्न शौचालय जाने क्रममा बालिकालाई बलात्कार गरेको उनले बयानमा उल्लेख छ।

‘म पोर्न भीडियो हेर्दै मदिरा पिइरहेको थिएँ। सोही क्रममा पिसाब फेरेर बाहिर निस्किँदा निर्वस्त्र भएकी बालिका देखेँ। उनलाई शौचालयमा बोलाउँदा आइनन्। त्यसपछि मैले उनको हातमा समातेर शौचालय भित्र लगेँ र चुकुल लगाएँ’ उनले भनेका छन्–‘त्यसपछि बालिकाको मुखमा आफ्नो लिङ्ग छिराएँ। त्यसपछि बालिका कराउन थालेपछि उनलाई छाडिदिए।’

लगत्तै बालिकाले आफ्नो बुवालाई घटनाबारे बताएकी थिइन्। तत्कालै त्यही पसलबाट खरेललाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको थियो। प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर खरेलमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धान सकेर प्रहरीले पठाएको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट