सिरहामा ट्याक्टर पल्टिँदा काका भतिजाको मृत्यु

लहान– सिरहामा ट्याक्टर पल्टिँदा काका भतिजाको मृत्यु भएको छ। औरही गाउपालिका २ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा उनीहरुको मृत्यु भएको हो।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। उक्त घट्नामा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादवको मृत्यु भएको छ।

दुवै जनाको ट्याक्टरको ईन्जिनमा च्याम्पिएर मृत्यु भएको स्थानीयले बताएका छन्। ट्याक्टरमै रहेका स्थानिय रञ्जन यादव घाइते भएका छन्।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट