‘इण्डियन आइडल’ मा चर्चित नेपाली गुडिया मेनुकालाई प्रभासको फिल्म ‘सालार’ मा गीत गाउँने मौका

काठमाडौं– भारतीय रियालिटी शो ‘इण्डियन आइडल’ मा चर्चामा रहेकी नेपालकी किशोरी मेनुका पौडेलले चर्चित भारतीय अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ मा गीत गाउने अवसर पाएकी छिन्।

मेनुकाले पार्श्व गायनमा अवसर पाएकी हुन। आइतबार राती प्रसारण भएको इण्डियन आइडलको एपिसोडमा मेनुकाले सालारमा गीतबारे जानकारी दिएकी हुन्। फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्।

‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो। जहाँ म पहिलो प्लेब्याक गायनका पहिलो गीत गाइरहेकि छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु,’– उनले भनेकी छन्।

उक्त एपिसोडमा मेनुकाले सालारका लागि स्टुडियो पुगेर गीत गाउन लागेको भिडियो समेत देखाइएको छ। यो खबर सुनेपछी सबै जजहरुले उठेर सम्मान र खुसी व्यक्त गरेका थिए।

जज श्रेया घोषालले केजीएफ निर्माण कम्पनीको नयाँ फिल्म सालार र अब्बल सङ्गीतकार रवि बसरुरको गीत गाउन पाउनु ठूलो कुरा रहेको मेनुकाको भनाइ छ।

मेनुकालाई केही अघिको एपिसोडमा एक गेष्टले फिल्मका लागि प्रस्ताव समेत राखेका थिए। मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्।

को हुन मेनुका ?
०५५ सालमा झापाको हल्दिबारी– ४ मा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन्। सामान्य आर्थिक अवस्था भएका बुवाआमाले उनको आँखा ठिक पार्न हरसम्भव प्रयास गरे। अस्पतालदेखि धामी–झाँक्री सबैतिर धाउँदा पनि केही लागेन। अन्ततः ४ वर्षको उमेरमै उनलाई बुवाले झापा गरामनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर राखिदिए।

उनी आफैं लड्दै संघर्ष गर्दै संगीत प्रशिक्षकहरूसंग पुगिन् र संगीत सिक्न थालिन्। संगीत प्रशिक्षक कुशेश्वर राई, अनिल फागोबाट उनले संगीतको प्रारम्भिक शिक्षा लिएकी हुन्। नेपालले चिन्न नसकेको प्रतिभाशाली गायक मेनुकाले भारतमा व्यापक प्रशंसा बटुलिरहेकी छन्।

निर्णायकहरू भावुक मात्र होइन मेनुकाको गायकी सुनेर आश्चर्यचकित हुने गरेका छन्। उनले ०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन्। ०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी उनी ‘नेपाली गुडिया’का नामले चर्चित भएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट