विराटनरका युवकमाथि भारती क्षेत्रमा गोली प्रहार, कारण खुलेन

विराटनगर– विराटनगर महानगरपालिका–८ मधुमाराका एक युवकमाथि भारतीय नागरिकले गोली प्रहार गरेका छन्। सामान किन्न सीमापारी जोगवनी पुगेर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको हो।

भारतीयले आईतबार साँझ चलाएको गोली लागेर २७ वर्षीया निर्दोष संग्रौला घाईते भएको प्रहरीले जनाएको छ। उनको वायाँ तिघ्रामा गोली लागेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले बताए।

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा गोली लागेका युवकलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो। उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताएका छन्।

गोली प्रहार गर्ने समुहको पहिचान र कारण खुलिनसकेको एसपी पोखरेलले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट