मणिपालमा उपचाररत युवक वेपत्ता, खोजी गर्न सेतीको बाँध खोलियो

पोखरा– पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका युवक वेपत्ता भएपछि उनको खोजीका लागि स्थानीय प्रशासनले सेती नदीको बाँक खोलेको छ।

२५ मंसिरदेखि वेपत्ता भएका तनहुँका १९ वर्षीय संगम मिश्रको खोजी गर्न सेती नदीको बाँध खोलिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकका अनुसार युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको बाँध खोलिएको र साँझ ४ बजेसम्म खुला रहने छ।

तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाको छ।

सोही आधारमा उनी नदीमा हाम फालेको आशंकापछि बाँध खोलिएको प्रहरीले जनाएको छ। बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी वरिपरि काम गर्न र आवतजावतमा चनाखो हुन प्रहरीले सूचना जारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट