प्लाष्टिकको पोकामा सालनालसहितको शिशु वोकेर हिडिरहेका भारतीय नागरिक पक्राउ

मलंगवा (सर्लाही) – प्लाष्टिकको पोकामा सालनालसहितको शिशु बोकेर हिडिरहेका एक भारतीय नागरिक सर्लाहीबाट पक्राउ परेका छन्।
भारत विहार शिवहर नारायणपुर बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुडीलाई आईतवार विहान मलंगवा नगरपालिका–८ स्थित झिल्मिलिया मन्दिर नजिकैबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले प्लाष्टिको पोको चेक जाँच गर्ने क्रममा सालनाल सहितको शिशु फेला परेको प्रहरीले जनाएको छ।
शिशु मरिसकेकाले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको छ। घट्नाको अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया