फेसबुकमा महिलाको नाम राखेर अकाउन्ट बनाई ‘ब्ल्याकमेलिङ’ गर्ने लहानका युवक पक्राउ

राजविराज– फेसबुकमा महिलाको नाम राखेर फेक अकाउन्ट बनाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा प्रहरीले सिरहाको लहानका एक जनालाई पक्राउ गरेको छ।

लहान नगरपालिका १ का १९ वर्षिय युनिक सिंहलाई प्रहरीले चितवनको भरतपुर महानगरपालिका १६ बाट पक्राउ गरेको हो। उनीसँगै चितवन रत्ननगर नगरपालिका–१३ का २० वर्षीय प्रवेश रिमाल र कास्कीको पोखरा महानगरपालिका–२९ का २२ वर्षिय अनुराग घिमिरे पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चिवनका डीएसपी विजयराज पण्डितका अनुसार उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको साथबाट चारवटा मोबाइल र ७६ हजार रूपैयाँ नगद बरामद भएको छ।

फेक अकाउन्टमा पुरूषहरूलाई साथी बनाउने र भिडियो च्याटमा कुराकानीसँगै अश्लिल भिडियो तथा फोटो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भईरहेको डीएसपी पण्डितले बताए।

उनीहरूले म्यासेन्जरमा भिडियो र फोटो देखाएर पैसा माग्ने, नदिए सार्वजनिक गर्ने धम्की दिने गरेको उजुरी परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट