५ महिनादेखि ४ बालिकालाई बन्धक बनाई यौनधन्दामा लगाउने सुमन पक्राउ

काठमाडौं– ४ जना बालिकालाई ५ महिनादेखि बन्धक बनाएर काठमाडौंको नयाँ बसपार्क क्षेत्रका विभिन्न होटलहरुमा वेस्यावृत्ति गराईरहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जागिर लगाई दिने भन्दै ग्रामिण क्षेत्रबाट १८ वर्ष मुनीका बालिकालाई बोलाएर होटल तथा गेष्ट हाउसमा राखी वेश्यावृत्तिमा लगाउने नुवाकोट तादीका सुमन तामाङ पक्राउ परेका हुन्।
सुमनले ग्राहकको रोजाइअनुसार १८ वर्षभन्दा कम उमेरका बालिका उपलब्ध गराउँदै आएका थिए। बालिकाहरुलाई लाईनमा राखेर ग्राहकलाई रोज्न लगाईन्थ्यो। ग्राहक खोज्न उनले एजेन्ट परिचालन गरेका थिए।
एक जना ग्राहक बरावर उनले ५/७ हजारभन्दा माथि लिने गरेका थिए। त्यस मध्ये करिव १ हजार रुपैयाँ ग्राहक खोज्ने एजेन्टलाई दिने गरेका थिए। काठमाडौं जिल्ला टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल–गेष्ट हाउसहरूमा नाबालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको सूचना प्रहरीले पाएको थियो।
सोही क्रममा छापामारी गर्दा सुमन पक्राउ परेका हुन। उनले बन्धक वनाई यौनजन्य कार्यमा लगाइएका ४ जना नाबालिकाहरूलाई पनि प्रहरीले उद्वार गरेको छ। प्रहरीका अनुसार अभियुक्तले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई जागिर लगाई दिने भन्दै बोलाउने गरेको पाईएको छ।
पीडित बालिकाहरूको वास्तविक नाम समेत परिवर्तन गरी नयाँ उपनाम दिइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका पाईएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले वताए।