श्रीमान दुवईमा अलपत्र, श्रीमतीद्वारा नगरपालिका कार्यालयमै आत्मदाहको प्रयास

दमक– झापाको भद्रपुर नगरपालिका कार्यालयमा पुगेर आत्मदाहको प्रयास गरेकी एक महिलाको उद्वार गरिएको छ।
वैदेशिक रोजगारीका लागि दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्दार गरिदिन सरकारले पहल नगरेको भन्दै भद्रपुर ८, फुलबारी टोलकी अफ्रुज खातुनले आत्मदाहको प्रयास गरेकी थिईन।
पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए।
खातुनका श्रीमान् अकवर २८ असोजमा दुबई गएका थिए। त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिएपनि लेबरको काममा लगाएको पाईएको छ।
काम गर्न थालेको ९ दिनमा उनी बिरामी परेर अलपत्र परेको जनाईएको छ। अन्सारीसँगै अलपत्र परेका अन्य पाँच जनाको उद्धार भएको छ । अन्सारी एक्लै छन्। भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका कारण काठमाडौं धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्राली म्यानपावरबाट दुबई गएका थिए।
सागर म्यानपावरले फ्री भिसा, फ्री टिकटको नाममा अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिएको थियो। म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) भनेर पठाएको थियो ।
त्यहाँ पुगेपछि उनीहरूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले लेबरको काम लगाएको थियो। लेबरको काम गर्दा उनी ९ दिनमै बिरामी परेका थिए । त्यसपछि उनकी श्रीमतीले उद्धारका लागि सबैसमक्ष हारगुहार गर्न थालेकी हुन् । म्यानपावरले अन्सारीको उद्धारका लागि प्लेन भाडा माग्न थालेपछि उनको परिवार झन् समस्यामा परेको छ ।
प्रहरीका अनुसार, अहिले खातुनलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मा लगाएको छ। भद्रपुर नगरपालिकाले भने उनको पतिको उद्दारका लागि पहल भइरहेको जनाएको छ।
Ma Dubai ma xu and malai wahako contact number xa bhane pathaidinus. I can help my mobile number in Dubai +971555856679