प्रहरी हिरासतमा थुनुवा मृत्यु प्रकरणः इप्रका इन्जार्जलाई कारवाही, झगडिया ठाकुर पक्राउ

जनकपुर– प्रहरी हिरासतमै थुनुवाको मृत्यु प्रकरणमा धनुषाको इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चार्ज सई बालमुकुन्द ठाकुर कारवाहीमा परेका छन्।
ठाकुरलाई कारवाही स्वरुप जिल्ला तानिएको छ। उनी नेतृत्वको इलाका प्रहरी कार्यालयको हिरासतमा हंसपुर नगरपालिका– ५ का दीपनारायण मण्डलको मृत्यु भएको थियो।
छिमेकसँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए।
त्यसक्रममा प्रहरीले हवाई फायर गर्यो। सोही क्रममा गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाइ फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए। ढुंगामुढाबाट प्रहरी कार्यालयमा पूर्णरुपमा क्षति पुगेको उनले बताए।
बिहीबार राति पैसा चोरी भएको विषयमा छिमेकी शंकर ठाकुरसँग दीपनारायणको विवाद भएको थियो। स्थानीयका अनुसार त्यस क्रममा शंकरले दीपनारायणलाई कुटपिट गरेर सर्ई ठाकुरलाई बोलाएर पक्राउ गर्न लगाएका थिए।
इलाकामा लगेर प्रहरीले कुटपिट गरेको र घर फर्केपछि अचानक बेहोस भई उपचारको लागि प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयको आरोप छ। एसपी शर्माले भने प्रहरीले मण्डललाई कुटपिट नगरेको दावी गरे ।
प्रहरीले मण्डललाई कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा शंकर ठाकुरलाई पक्राउ गरेको छ। ठाकुरविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी परेको धनुषाका डीएसपी रञ्जन अवाले बताए।
र, यो पनि