परिवारबाट एक्लिएका ‘दीलजले’ रहेछन् रवि लामिछानेलाई खोया हान्ने युवक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने युवक परिवारबाट एक्लिएर विरक्तिएको पाईएको छ।

पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो एक सभालाई सम्वोधन गरिरहेका बेला लामिछानेमाथि लमजुङको राइनास नगरपालिका–८ का २८ वर्षिय सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए।

खोया प्रहार गरेपछि रानाभाटलाई रविका कार्यकर्ताले कुटपिट गरेका थिए भने त्यसपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिए।

कास्की प्रहरीका एसपी मोहन थापाका अनुसार खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का सन्तोष रानाभाट हुन्। उनी राजनीतिक आस्था राख्ने व्यक्ति नभएको उनले वताए।

प्राप्त जानकारी अनुसार उनी पहिले अटो चलाउँथे। २ वर्षअघिदेखि पोखरा बस्न थालेको जानकारी आएको प्रहरीले जनाएको छ। जागिर गर्न भनेर भारत हिँडेका उनका बुबा ३५ वर्षदेखि वेपत्ता छन्। आमा पनि साथमा नरहेको र अहिले श्रीमतीले र बच्चाले पनि छाडेको स्थानीय जनप्रतिनिधिलाई उधृत गर्दै एसपी थापाले बताएका छन्।

उनले सूर्यदर्शन सहकारीमा रकम जम्मा गरेको हुनसक्ने भएपनि एकिन जानकारी नभएको उनको भनाई छ।

र यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट