बालकुमारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २ पुग्यो, मोबाइलले गोली छेकेर १ जना बाँचे

काठमाडौं– कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक युवकको मृत्यु भएको छ। योसँगै झडपमा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र साहको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए। यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो।

राउतको गोली लागेर मृत्यु भएको भनिए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएको छैन। बरु उनको छातीमा दाग देखिएको छ। उनको प्रहरीको कुटपिटका कारण मृत्यु भएको आशंका गरिएको छ।

यता, मोबाइल फोनले प्रहरीको गोली रोकेर एक जनाको ज्यान जोगिएको छ। गोली लागेपछि झोलामा रहेको मोबाइलमा प्वाल परेको छ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो। पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो। ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो तर, स्थिति साम्य नभएको भन्दै हवाई फायर गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट