आमा वन्दैछिन् दीपिका पादुकोण ?
दीपिका पादुकोण र रणवीर सिंहको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ। सन् २०१२ मा सञ्जय लिला भन्सारीको फिल्म गलियोका रासलीला राम लीलाको सेटमा उनीहरूबिच प्रेमको सुरुवात भएको थियो।
दुवैले सन् २०१८ को नोभेम्बर १४ र १५ मा निजी समारोहबिच बिहे गरेका थिए। यी दुईको बिहे भएको पनि ५ वर्षभन्दा बढी भइसक्यो। फ्यानहरूमा यति बेला यी दुईले फ्यामिली प्लानिङ कहिले सुरु गर्छन् भन्ने चासो बढेको छ।
खबरहरूका अनुसार यी दुई फ्यामिली प्लानिङ सुरु गर्न एक्साइटेड छन्। दुबैका परिवार नयाँ सदस्य चाँडै आओस् भन्ने चाहन्छन्। वोग सिंगापुरसँगको एउटा अन्तरवार्तामा दीपिकाले बच्चाबारे खुलेर कुराकानी गरेकी छिन्। ‘म अनि रणवीरलाई बच्चा निकै म पर्छ। हामी त्यो दिनको पर्खाईमा छौं, जुनदिन हामी हाम्रो फ्यामिली प्लानिङ सुरु गर्नेछौँ,’ दीपिकाले भनिन्।
आफ्नो परिवारका सदस्यहरू काका–काकी, पारिवारिक साथीभाई सबैले आफू विल्कुल नबदलिएको बताउने गरेको अनि आफूसँग सेलिब्रेटीलाई जस्तो व्यवहार पनि नगरिने उनको भनाइ छ।
‘सबैभन्दा पहिला म एक छोरी हुँ, बहिनी हुँ अनि म चाहन्छु कि यी कुराहरू कहिले नफेरिउन्। परिवारले नै मलाई जमिनसँग जोडेर राख्छ। म र रणवीर पनि हाम्रो बच्चालाई यही संस्कार सिकाएर हुर्काउन चाहन्छौँ’ दीपिकाको भनाई छ ।
दीपिका सिद्धार्थ आनन्दको फाइटरमा ऋतिक रोशन र अनिल कपुरसँग देखिदैंछिन्। उनी नाग अश्विनको कल्की २८९८ मा प्रसार र अमिताभ बच्चनसँग देखिनेछिन्।