बरहथवामा फेरी तनाव, प्रहरी कार्यालयभित्रै आगजनी

सर्लाही– अस्पतालको विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको विषयमा सर्लाहीको बरहथवामा फेरी तनावग्रस्त बनेको छ।

स्थानीय प्रशासनले दोहोर्याएर कर्फ्यु आदेश जारी गरे पनि अवस्था तनावपूर्ण छ। प्रदर्शनकारीहरुले प्रहरी कार्यालयभित्र रहेको फुसको छानोमा आगजनी गरेका छन् भने प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ।

प्रदर्शनका क्रममा बरहथवा ६ का ३० वर्षिय जयशंकर साहको गोली लागेर मृत्यु भएको थियो। उनको शव तीन दिनदेखि सडकमै परालले छोपेर राखिएको छ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट