ज्योति मगरको डान्स थेग्न नसकेर स्टेजमा प्वाल, घुँडासम्मै खुट्टा छिरेपछि बबाल

इलाम– गायिका ज्योति मगर भनेपछि युवा पुस्ता उसै आकर्सित हुन्छ। गाउँने मात्र होईन, नाच्ने, कुद्ने, उफ्रिने र छोटा कपडा लगाएर अनेकौं कला प्रस्तुत गर्ने भएकाले उनको प्रस्तुति हेर्न दर्शक सधैं लालयित हुन्छन्।

मगर जहाँ पुग्छिन्, त्यहाँ स्टेट तातिहाल्छ। गायनसहितको बेजोड प्रस्तुतीले ठूलो युवा जमातले उनलाई स्टेज प्रस्तुतिमा सधैं ‘हुटिङ’ दिन्छ। र, दर्शक–स्रोतासँगै उनी उफ्रीउफ्री गाउँदै स्टेज तताउँछिन्।

उनको कपडाको बारोमा आलोचना गर्नेहरूसमेत लुकीलुकी उनको प्रस्तुति हेर्न चाहिँ कार्यक्रमस्थल पुगेको देखिन्छ÷सुनिन्छ । यसबाटै थाहा हुन्छ गायिका ज्योति मगर बहुसंख्यक दर्शक–स्रोताको आकर्षणमा पर्छिन्।

इलामको माई नगरपालिकामा पनि पुस १७ देखि २० सम्म तेह्रकुने पोखरी सिमसार पर्यटन महोत्सव आयोजना भयो। महोत्सव समापनमा पुगिन गायिका ज्योति मगर। समापन हुने पूर्वसन्ध्यामा राति करिब ११ बजे स्टेज चढेकी मगरले केही गीतमात्रै गाएकी थिइन्, अनौठो घटना भयो।

गायन र नृत्यमा बेजोडसँग झुमिरहेका बेला स्टेज नै प्वाल प-यो। प्वालमा ज्योतिको देब्रे खुट्टो प-यो र घुँडासम्म छि-यो। उनले आफ्नो खुट्टा प्वालबाट निकाल्न अरूको सहयोग माग्नु पर्यो। खुट्टामा चोटसमेत लागेपछि उनी आयोजकसँग असन्तुष्ट भइन्। ‘मैले भनेको त हो नि’ भन्दै उनी फेरी प्रस्तुति सुरु गरिन।

चोटका कारण खुट्टाले साथ नदिएपछि करिब राति १२ बजे उनले विदा लिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट