पतिको सम्झना गराएपछि एआई कम्पनीकी सीईओले गरिन ४ वर्षिय छोराको हत्या
काठमाडौं– भारतको बैंगलोरस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘द माइन्डफुल एआई ल्याब कम्पनी’की सीईओले चार वर्षीय छोराको हत्या गरेकी छिन्।
सीईओ ३९ वर्षिया सूचना सेठले गोवाको एक होटेलको कोठामा आफ्नो छोराको हत्या गरेकी हुन। छोराको ज्यान लिनुअघि उनले आफ्ना टाढिएका आफ्ना श्रीमानलाई भेट्न सकिन्छ कि भनेर म्यासेज पठाएकी थिइन् ।
सूचनाले जनवरी ६ मा सम्बन्धबाट टाढिएका पति वेंकटरमण पीआरलाई भोलिपल्ट छोरालाई भेट्न सक्छौ भनेर म्यासेज गरेकी थिइन्। उनले सूचनाको म्यासेजको जवाफ दिएको र छोरालाई भेट्न आउन भनिएको ठाउँमा दुई घन्टा पर्खिएको बताइएको छ।
तर सूचनाले भने जनवरी ६ मा गोवाका लागि टिकट काटिसकेको र भेट्ने योजनामा नरहेको बताइएको छ। वेंकटरमणले सूचनालाई फोन र म्यासेज गरेको तर जवाफ नपाएपछि उनी आफ्नो कामले इन्डोनेसिया गएका थिए।
सूचनाले आफ्ना साथी र परिवारलाई छोराले उनलाई आफ्नो पतिको अनुहारको सम्झना गराउने भन्ने गरेकी थिइन्। सूचनाले छोरालाई कपडा वा सिरानीले छोपेर हत्या गरेको बताइएको छ। उनलाई ८ जनवरीमा प्रहरीले पकाउ गरेको छ।