कृषि विकास कार्यालयमा नगर प्रहरी र कर्मचारी मिलेर १४ वर्षिया बालिकाको बलात्कार, ५ जना पक्राउ

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका, गमगढीमा नगर प्रहरी र एउटा कार्यालयका कर्मचारीसहित ९ जना मिलेर १४ वर्षिया बालिकालाई बलात्कार गरेको घट्ना ४ महिनापछि सार्वजनिक भएको छ।

गमगढी स्थित कृषि विकास कार्यालय रहेको भवनको एउटा कोठामा ति बालिकाको बलात्कार भएको पाईएको छ। बालिकाले ९ जना विरुद्ध नै जिल्ला प्रहरी कार्यालय मुगुमा किटानी जाहेरी दिएकी छिन्। प्रहरीले जिल्ला अस्पताल मुगुमा बालिकाको स्वास्थ्य जाँच गराएको छ।

इन्सपेक्टर भूपेन्द्र बुढाथोकीका अनुसार बालिकाको पेटमा १५ हप्ताको गर्भ छ। उनलाई एक गैरसरकारी संस्थाले जिम्मा लिएर सुर्खेत लगेको छ। बालिकाका बुवाआमा सुर्खेतमै छन्।

बालिकाले दिएको जाहेरी अनुसार उनीमाथि भदौ र असोजमा गरी दुई पटक सामूहिक बलात्कार भएको थियो। संलग्न मध्ये छायाँनाथ रारा नगरपालिका–५ का ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी (करार) सोरु गाउँपालिका–८ का २२ वर्षीय वसन्त रोकाया र ३ जना नाबालक पक्राउ परेका छन्।

प्रहरीले कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र ३ जना नाबालकको खोजी गरिरहेको छ। जाहेरीमा उल्लेख भएअनुसार पछिल्लो पटक असोज १० गते वसन्त बालिकाको कोठामा पुगेका थिए।

उनले ‘एकछिन काम छ’ भनेर बालिकालाई बोलाए। बाहिर निस्किएपछि हात समाएर कृषि विकास कार्यालय भवनको एउटा कोठामा पु¥याए। कोठामा पुग्नेबित्तिकै कठायतले लोभ र डर देखाउँदै बलात्कार गरेको र त्यसपछि पालैपालो सवैले इच्छा पुरा गरेको पाईएको छ।

घट्नाका विषयमा कसैलाईसुनाए मारिदिने चेतावनी दिएको बालिकाले बयान दिएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट