सालकको खपेटा तस्कर पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण, दुई प्रहरीले कुटाई खाए

धनगढी– कैलालीमा सालकको खपेटा तस्कर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको छ। आक्रमणमा दुई जना प्रहरी घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी इन्द्रप्रकाश चौधरी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका हवल्दार सुरज कठायत घाइते भएका छन्। उनीहरूमाथि बिहीबार बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको हो।

सालकको खपेटा समात्दा त्यहाँ रहेका केही युवाले प्रहरीमाथि आक्रमण गरेको जनाईएको छ। उनीहरूकोस्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था सामान्य र एकको गम्भीर रहेको छ।

प्रहरीले १० किलो सालकको खपेटासहित जोशीपुर गाउँपालिका–४ का ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरीलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट