छोराछोरीसहित कोशीको नहरमा हाम्फाल्दा आफुचै बाँचेपछि फरार आमा १० वर्षपछि पक्राउ

राजविराज– सप्तकोशी नदीको नहरमा छोराछोरीसहित हाम्फाल्दा आफु मात्रै बाँचेपछि फरार आमा १० वर्षपछि पक्राउ परेकी छिन्।

छोराछोरीको मृत्यु भएपनि घाईते अवस्थामा फेला परेकी वराहक्षेत्र गाविस–६ (हाल वराहक्षेत्र नपा २ जव्दी) की ३३ वर्षीया राधिका भट्टराई उपचारका क्रममा अस्पतालबाटै फरार भएकी थिईन। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले ५ पुसमा पक्राउ गरेको छ।

लक्ष्मीप्रसाद भट्टराईकी श्रीमती राधिका १७ असार ०७० को बिहान ७ बजे ३ वर्षको छोरा सुजन भन्ने टिका भट्टराई र १ वर्षकी छोरी भूमिका भट्टराईलाई साथमा लिई नहरमा हामफालेकी थिइन्।

घट्नामा दुवै बालबालिकाको नहरको पानीमा डुबेर मृत्यु भएको थियो। आमा राधिका भट्टराईलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनी फरार भइन्।

राधिकाविरुद्ध प्रहरीले सुनसरी जिल्ला अदालतमा ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको थियो। अदालतबाट पक्राउ आदेश पाएपछि प्रहरीले राधिकालाई खोजतलास गर्यो। तर, फेला पार्न सकेको थिएन। फरार सूचिमा रहेकी उनलाई हुलिया बदलेर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार राधिका वराहक्षेत्र नगरपालिका–२ जब्दिमै हुलिया परिवर्तन गरेर बसेको सूचना आएको थियो। सोही सूचनाका आधारमा उनी पक्राउ परेकी हुन। उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराई ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट