श्रीमतीकै संलग्नतामा युवकको हत्या भएको घट्नाका २२ वर्षिय सुटर ४ महिनापछि पक्राउ

बारा— ४ महिनाअघि बाराको पचरौता नगरपालिक–६ नेपाल–भारत सीमा नजिक भएको हत्यामा संलग्न भारतीय सुटरलाई प्रहरीले पक्राउ गरेको छ।
गत असोज ९ गते बेल्दारी गाउँको लक्ष्मीनिया पोखरी नजिक बिहारको मोतिहारी जिल्ला दर्पा थानाअन्तर्गत सुकलहियाका २२ वर्षीय अजितकुमार सिंहलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका सुटर समूहका २२ वर्षिय रुपेश महतोलाई आइतबार पक्राउ गरेको हो।
महतोले सिंहलाई भारतबाट मोटरसाइकलमा नेपाल तर्फ ल्याएर हत्या गरेका थिए। पक्राउ परेका रूपेशलाई बारा जिल्ला अदालतबाट म्याद थप गरी कलैयास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।
महतोलाई सुराकीको सूचनाको अधारमा पक्राउ गरिएको हो। अजितलाई उनकै श्रीमतिकी मिलेमतोमा हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अजितकी श्रीमतीसमेत पक्राउ परिसकेकी छिन्।
प्रेम विवाह गरेको अजित र उनकी श्रीमती बाराको सिम्रौनगढ बजारमा कोठा भाडा लिएर बस्दै आएका थिए। अजित आफ्नो घर भारत गएको बेला भारतबाटै सुटर समूहले नेपालमा ल्याइ हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
र, यो पनि