प्रेमीले चरित्रमा प्रश्न उठाएपछि १ वर्ष नपुग्दै गायिका एलिना चौहानको ब्रेकअप
काठमाडौँ– ‘धोकेबाज’ गायिका एलिना चौहानको प्रेम सम्बन्धमा एक वर्ष नपुग्दै ब्रेक लागेको छ। अष्ट्रेलिया बस्ने विष्णु सापकोटासँगको प्रेम सम्वन्ध उनले समाप्त गरेकी छिन्।
विवाह गर्नेसम्मको चर्चा चलिरहेका बेला एकाएक उनको व्रेकअपको चर्चाले सांगितिक क्षेत्र गर्माएको छ। गायिका एलिनाले नै विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन्।
‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो। यो बिषय बाहिर नआएको मात्रै हो’ उनले भनिन्–‘ब्रेकअपपछि म केही समय तनावमा थिएँ। त्यसबाट पनि अहिले राहत पाइसकेकी छु।’
आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ। उनले भनेकी छिन्–‘अब म त्यो प्रेम सम्झन चाहन्नँ।’
करिब एक बर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन्। त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो। दुबैले प्रेम खुलारुपमा स्वीकार गर्दै टिकटक र फेसबुकमा विभिन्न भिडियो समेत पोस्ट गरेका थिए।
एलिना र विष्णुको विवाहको कुरो समेत बाहिर आइसकेको अवस्थामा एकाएक ब्रेकअप भएको हो। अहिले यी दुईले आफूहरूको सामाजिक संजालबाट एकअर्कासँग खिचिएको तस्विर समेत हटाएका छन्।
स्रोतका अनुसार, विष्णुले केही समययता एलिनाको चरित्रमाथि अनेक प्रश्न उठाउने गर्दथे। स्टेज कार्यक्रमहरूमा जाँदा, अन्य युवकसँग बोल्दा, भेट्दा अनावश्यक शंका गर्ने गर्दथे। रेकर्डिङका लागि स्टुडियो जाँदा समेत एलिनाले प्रेमीलाई भिडियोमा त्यहाँको माहोल देखाउनुपर्थ्यो। विष्णुको त्यस्तो व्यवहारबाट आजित बनेकी एलिनाले अन्ततः अलग्गिने निर्णय लिएको हुनसक्ने उनी निकटस्थहरु बताउँछन्।
‘धोकेबाज हौ तिमी’ बोलको गीतले एलिनालाई चर्चाको शिखरमा पु¥याएको छ। यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको चर्को माग छ। विष्णु भने लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन्। उनी गीत पनि गाउँछन्।