चरेस तस्करीमा संलग्न माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन पक्राउ

काठमाडौं– चरेस तस्करीमा संलग्न माओवादीका पूर्वब्रिगेड कमान्डर मार्शल (जीतमान पुन) पक्राउ परेका छन्।

रुकुम पूर्वको भुमे गाउँपालिका–१ घर भएका पुन तीन दिनअघि नै काठमाडौंबाट पक्राउ परेको खुलेको छ। हाल उनी डिल्लीबजार कारागारमा छन्।

०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दामा जिल्ला अदालत दाङले उनलाई साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको थियो। सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

हाल बाबुराम भट्टराई नेतृत्वको नेसपाका केन्द्रीय सदस्य रहेका पुन पक्राउ परेपछि भट्टराईले आपत्ति जनाएका छन्। उनले ‘जनयुद्धकालीन मुद्दा’ भन्दै पुनलाई पक्राउ गरिएकोमा आपत्ती जनाएका हुन्।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ डा. भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्– ‘हामी यो घटनाको तीव्र भत्र्सना गर्दछौं।’

यस सम्बन्धमा तुरून्त ‘आवश्यक कदम’ चाल्न उनले जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन्।

पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवारसमेत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट