बलात्कारको आरोप लागेपछि भागेर कतार पुगेका बराहक्षेत्रका खाँ उतै पक्राउ, नेपाल ल्याईयो

काठमाडौँ– बलात्कारको आरोप लागेपछि भागेर कतार पुगेका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षाय सेहमान खाँ पक्राउ परेका छन्।

इन्टपोलको सहयोगमा उनलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ। एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी खाँलाई विहिबार नेपाल ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी भीमप्रसाद ढकालले जानकारी दिए।

बलात्कार मुद्दामा फरार रहेका खाँलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। यो सँगै यस वर्ष इन्टरपोलबाट रेड नोटिस जारी भइ पक्राउ पर्ने अभियुक्तको संख्या १० जना पुगेको छ।

यसअघि नेपाल प्रहरीले बलात्कार मुद्दाका ३, हत्याका आरोपी १, ठगीका ३ र साइबर अपराधका दुई अभियुक्तलाई विभिन्न देशबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाहीका लागि नेपाल फिर्ता ल्याएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट