इन्डियन आईडलको चर्चामा रहेकी मेनुकाले पाईन आँखा देख्ने एआई जडित चस्मा

काठमाडौँ– इन्डियन आइडलमा उत्कृष्ठ १० भित्र रहेर चर्चा कमाईरहेकी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन्।

आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन्। शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन्।

गायिका लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेज पुगेका थिए । चिकित्सकले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा दिए। चस्मामा मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको थियो।

चस्मामा क्यामेरा जडान छ। क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँने बताईएको छ। चस्माको सेन्सरमा एआई जडान गरिएको छ। चस्माको साइडमा पाँच अक्षर पनि समावेश छन्। जसलाई थिचेर मेनुकाले काम पनि गर्न सक्छिन्।

मेनुका आइडलको जारी सिजनमा उत्कृष्ट १० भित्र पर्न समेत सफल भइसकेकी छन्। उनलाई उपाधिको दाबेदारसमेत मानिँदैआएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट