हेलम्बुमा जिप दुर्घटना हुँदा २ जना भुटानीको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु भएको छ। सिन्धुपाल्चोक गाउँपालिका–१ मा बुधबार बिहान करिब ११ बजे बा २ च ४४५० नम्बरको जिप दुर्घटनामा परेको हो।

जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए। तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

भुटानी नागरिकहरू ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको उनले बताए। गुम्बा जाँदै गरेको जिप सडकबाट ५० मिटर तल खसेको थियो। घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौं लाने तयारी छ। जिपका चालक हेलम्बु गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय रामचन्द्र भण्डारी प्रहरीको नियन्त्रणमा छन्।

फाईल फोटो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट