अरुण चौधरी पक्राउको असर भारतमा, विनोद चौधरीका बारेमा अदानी समुहको चासो

काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका धनाड्य ब्यापारी अरुण चौधरीका बारेमा शक्तीकेन्द्रहरुबाट चासो र दबाब तिव्र भएको छ। अनुशन्धान चाँडो सक्न भारतबाट समेत दबाब आएको गृह स्रोतले खुलासा गरेको छ।

स्रोतका अनुसार भारतीयपक्षहरुबाट निकै सोधखोज भइरहेको छ। भारतीयपक्षले अनुसन्धान गर्न कति समय लाग्छ, अहिलेसम्मको अनुसन्धानमा के–के देखिएको छ अनि थप पक्राउ पर्ने सम्भावना छ या छैन ? भन्नेसम्मको चासो राखिरहेको छ।

भारतीयको चासो अरुण पक्राउ परेकोमा भन्दा पनि विनोद चौधरी पक्राउ पर्न सक्छन् कि सक्दैनन् भन्नेमा बढी केन्द्रित देखिएको जनाईएको छ। पछिल्लो समय चौधरी समूहका अध्यक्ष विनोद चौधरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट ब्यापारीहरुसँग निकै निकट देखिएका कारण अरुण प्रकरणमा उताको चासो देखिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संरक्षणमा भारतमा सत्ता शक्तिको दुरुपयोग गर्दै व्यावसायिक सञ्जाल बढाइरहेको आरोप लागेका गौतम अदानीसँग विनोद अनि उनको छोरा निर्वाण निकट देखिन्छन्।

विश्वस्तस्रोतको दाबी अनुसार नेपालले वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमार्फत अदानीले नेपालको अन्तर्राष्ट्रिय विमानस्थल भाडामा सञ्चालन गर्न इच्छा व्यक्त गरिरहेका छन्। अदानीलाई अन्तर्राष्ट्रिय विमानस्थल भाडामा सञ्चालन गर्न दिन चौधरी समूहले नै सहजीकरण गरिरहेको छ।

अदानी समूहले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र हाल बनिसकेको विमानस्थल सञ्चालनसँगै केही जलविद्युत निर्माणमा समेत चासो राखिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। कांग्रेस सांसद समेत रहेका विनोद चौधरीले शुक्रवारको कांग्रेस संसदीय दलको बैठकमा अरुणको पक्राउले सरकारले वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलन प्रभावित हुने भन्दै धम्क्याएका थिए।

‘माननीय अर्थमन्त्रीज्यू लगानी सम्मेलनको तयारी गरिरहनु भएको छ र देशलाई आर्थिक समस्याबाट कसरी बाहिर निकाल्ने भन्नेमा चिन्तित हुनुहुन्छ। तर यही बेलामा देशका उद्यमी व्यवसायीलाई एकपछि अर्क गर्दै मानमर्दन गर्ने काम भइरहेको छ’ उनले भनेका थिए– ‘यसले अर्थमन्त्रीको सोचमाथि प्रत्यक्ष प्रहार गरिरहेको छ।’

अर्कोतर्फ अरुणलाई पक्राउ गर्न अनुमति दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि दबाब थेग्न नसक्ने अवस्थामा पुगेको देखिएको छ। अरुणसहित ३ जना समातिए पछि अनुसन्धान पक्राउ परेका तीन जनामै सीमित गराउन प्रधानमन्त्री दाहाल निकटबाटै तारन्तार दबाब आइरहेको गृह स्रोत बताउँछ।

दाहाल निकटबाट चौधरी परिवारका अन्य सदस्यलाई अनुसन्धानको दायरामा नतान्न र म्याद थप्ने प्रयास नगरी अनुसन्धान सक्न निर्देशनात्मक शैलीका फोनहरू आइरहेको अनुसन्धानरत स्रोतले बतायो। स्रोतका अनुसार यतिको दबाब ललिता निवास जग्गाको अनुसन्धानमा पनि सीआईबीले खेपेको थिएन।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट