दरबारकै सदासयतामा ३७ वर्षअघि चौधरी समूहले हडपेको थियो बाँसवारीको सरकारी जग्गा

काठमाडौं– बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई चारदिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको छ।

व्यापारी चौधरीसहित बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो म्यादको अनुमति दिएको हो। उनीहरुलाई सीआईबीले कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो।

सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई पक्राउ गरेसँगै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा विवाद फेरि सतहमा आएको छ।

३७ वर्षदेखि चौधरी समूहले मिचेर चलाइरहेको १० रोपनी जग्गामा सीआईबीले पछिल्लो ३ महिनादेखि गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो। यो घटनाको सुरुवात २०४३ सालतिरै भएको हो।

तत्कालिन समय चौधरी समूहले वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो कम्पनी च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडको नाममा नामसारी गराएको थियो।

सरकारी जग्गा हत्याउन यो समूहले कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालगायतलाई प्रभावमा पारी राजदरबारसम्मै पहुँच बनाएको थियो। दरबारकै सदासायतामा प्रकरण सुरु भएको बताईन्छ।

कार्यकारी प्रमुख थापाले २०४३ भदौमा कारखाना सञ्चालक समितिको बैठक डाकेर चौधरीलाई जग्गा दिलाउने निर्णय गराएका थिए। जसवापत च्याम्पियन फुटवेयर कम्पनीको २५ सय कित्ता शेयर बाँसबारी जुत्ता कारखानाले पाउने सहमति गराइएको थियो।

तर, जग्गा प्राप्तिपछि चौधरी समूहले घाटामा गएको भन्दै तीन वर्षमै कम्पनी बन्द गरायो। कम्पनी बन्द गराइएपछि सरकारको नाममा रहेको २५ सय कित्ता शेयर पनि ०५२ सालमा ३६ हजार वुझाई चौधरी समूहले नै किन्यो।

सम्पूर्ण शेयर आफ्नो नाम ल्याएपछि चौधरी समूहले लिमिटेडलाई प्राइबेट लिमिटेडमा रुपान्तरण गर्दै कम्पनीको नाम परिवर्तन गरी सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.मा रुपान्तरण गरियो। जहाँ अहिले चौधरी समूहले चाँदबाग नाममा स्कुल चलाइरहेको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट