सरकारी जग्गा हिनामिना प्रकरणमा झारखण्डका मुख्यमन्त्री नै पक्राउ

काठमाडौं– सरकारी जग्गा व्यक्तिको नाउँमा पु¥याउन भूमाफियालाई साथ दिएको आरोप लागेका झारखण्डका मुख्यमन्त्री नै पक्राउ परेका छन्।

भारतको सुशासनसँग सम्बन्धित प्रवर्तन निर्देशनालय (ईडी)ले बुधबार मुख्यमन्त्री हेमन्त सुरेनलाई पक्राउ गरेको हो। भारतीय सञ्चारमाध्यहरूका अनुसार पक्राउ पर्नुअघि बुधबार नै उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

उनको राजीनामापछि चम्पाई सोरेन झारखण्डका मुख्यमन्त्री नियुक्त भएका छन्। एनडिटिभीका अनुसार इडीका अधिकारीहरूले दिल्लीस्थित हेमन्त सोरेनको घरबाट ३६ लाख र बिएमडब्लुकार बरामद गरेको छ।

उनको घरबाट विभिन्न दस्तावेजहरूसमेत बरामद भएपछि उनलाई पक्राउ गरिएको एनडिटिभीले जनाएको छ। पक्राउपछि उनलाई ७ घन्टा सोधपुछ गरेको थियो।

६ सय करोड घोटाला भएको भनिएको यस प्रकरणमा १४ जना यसअघि नै पक्राउ परिसकेका छन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट