आफन्त पक्राउ परेपछि राष्ट्रपतिका सल्लाहकार हस्याङ्फस्याङ गर्दै पुगे सीआईबी

काठमाडौँ– बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा ब्यापारी अरुण चौधरी र अजित नारायणसिंह पक्राउ परेपछि राष्ट्रपति कार्यालयमा दौडधुप वढेको छ। सीआईबीले दुवै जनालाई पक्राउ गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मै पुगेका छन्।

१० रोपनी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका सिंह उनका नातेदार हुन। सिंह पक्राउ परेको जानकारीपछि थापा लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका हुन्।

बिहीबार अपराह्न हतारहतारमा सीआईबी पुगेका थापाले सीआईबीकी प्रमुख किरण बज्राचार्यसँग भेट गरे। सुनिल थापा कांग्रेस नेता तथा पूर्वमन्त्री समेत हुन्।

पक्राउ परेका थापा छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष हुन् भने सोही प्रकरणमा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिका वर्तमानअध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट