इन्डियन आइडलको टप टेनबाटै बाहिरिइन् मेनुका पौडेल

काठमाडौं– भारतीय रियालिटी सो ‘इन्डियन आइडल’ मा चर्चामा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट आउट भएकी छिन्।

आइडलको टप १० भित्र रहेकी मेनुका आइतबार प्रसारित एपिसोड मार्फत वाहिरिएकी हुन। मेनुकाले आफू बाहिरिएसँगै सामाजिक सञ्जालमार्फत् हालसम्मको साथ र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्।

आइडलको यात्रा टुंगिए पनि आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको उनले उल्लेख गरेकी छन्। ‘मेरो इन्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ’ उनले लेखेकी छन्–‘म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत् सबैलाई मनोरञ्जन दिन सक्नेछु। यो मेरो सुरुवात हो, समाप्ति होइन।’

फ्यानहरुलाई आफ्नो गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिनसमेत उनले आग्रह गरेकी छन्। यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट