फिल्म हिट बनाउन मनिषाले यसरी गरिन आफनै मृत्युको नाटक

काठमाडौं– चर्चित अभिनेत्री तथा मोडल पुनम पाण्डेले ‘फेक डेथ स्टन्ट’ गरेपछि सामाजिक सञ्जालमा अहिले उनको आलोचना भईरहेको छ। जबदेखि पुनमले मरेको भन्दै नाटक गरिन, तबदेखि उनले धेरै कठोर शब्दहरू सुन्दै आएकी छिन्।

पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको झूटो समाचार फैलाएर सचेतनाको नाम दिएकी पाण्डेविरुद्ध कार्वाही हुनुपर्ने माग पनि उठिरहेको छ। भारतीय फिल्म तथा टिभी निर्देशक संघका अध्यक्ष अशोक पण्डितले अभिनेत्री पाण्डेलाई कडा कारबाही गर्न माग गरेका छन्।

पूनमको यो चालमा सबै सेलिब्रेटीले विरोध गरिरहेको बेला अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले पनि यो नक्कली पीआर स्टन्टप्रति असन्तुष्टि व्यक्त गरेको छ।

पूनम पाण्डे मात्र होइन, बलिउडकी अर्की एक सुन्दरी पनि छन्, जसले पुनमले जस्तै ‘फेक डेथ स्टन्ट’ नाटक गरेकी थिइन। अभिनेत्री मनिषा कोइरालाले पनि ‘फेक डेथ स्टन्ट’ गरेकी थिइन्, जसका कारण उनलाई धेरै ट्रोलिङको सामना गर्नु परेको थियो।

मनिषाको झुटो मृत्युको खबर जनचेतना फैलाउनका लागि नभइ फिल्मलाई हिट बनाउनका लागि गरिएको थियो। सन् १९९५ मा महेश भट्टको फिल्म ‘क्रिमिनल’ रिलिज भएको थियो, जसलाई हिट बनाउन मनिषाको मृत्युको खबर फैलाइएको थियो।

भारतीय सञ्चारमाध्यम न्युज २४ का अनुसार आफ्नो फिल्मको सफलताका लागि महेश भट्टले मनिषाको मृत्युको झुटो खबर मात्रै फैलाएनन्, अभिनेत्रीको मृत्युको पोस्टर पनि बनाएका थिए। यस्ता झुटा समाचार फैलाएको भन्दै उनीविरुद्ध मुद्दा पनि दर्ता भएको थियो। तर, सन् २०१२ मा मनिषा कोइरालाले वास्तवमै मृत्युको सामना गरिन्।

अभिनेत्री कोइरालालाई पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो, जसका कारण उनले आफ्नो जीवनको संघर्षपुर्ण लडाई लडिन् र जितिन पनि। उनी अहिले नेपालमा सामाजिक संघ संस्थामा कार्यरत छिन। उनी राजसंस्थाको वकालत पनि गर्दै हिडेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट