आफनै छोरी कुट्दा प्रहरी हिरासतमा पुगेका मण्डल ५० हजार धरौटीमा छुटे

हेटौंडा– मकवानपुरमा आफनै छोरीलाई कुटपिट गर्दा एक ब्यक्तिले ५० हजार धरौटी तिरेका छन्। ४ वर्षिया छोरीलाई पढाउने क्रममा निर्घात कुटपिट गरेको भन्दै प्रहरीले महोत्तरीको एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौँडा–५, सिँचाइटोल बस्ने २७ वर्षीय रामजी मण्डललाई पक्राउ गरेको हो।

मण्डललाई जिल्ला अदालत मकवानपुरले ५० हजार धरौटीमा रिहा गरेको छ। गत २१ पुसमा मण्डलले छोरीलाई कुटपिट गरेका थिए। मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए।

घाइते छोरीको हेटौँडा अस्पतालमा उपचार गराईएको थियो। बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिरासतमा राखेको थियो । उनीमाथि बालबालिकाविरुद्धको कसुरमा मुद्दा कारबाही सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट