भिडियोमा हैसियत पत्ता लगाई ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग्ने गिरोह पक्राउ
पोखरा– भीडीओ हेरेर मान्छेको हैसियत पत्ता लगाई अपहरण गरेर ५ करोड फिरौती माग्ने दुई जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
पर्वतको कुश्मा नगरपालिका–१४ घर भइ पोखरा सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री र कुश्मा– २ घर भइ पोखराको सिमलचौर नै बस्ने ३६ वर्षीय लक्ष्मण दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। १२ कक्षा उत्तीर्ण गरेका उनीहरुलाई प्रहरीले विहिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
क्षेत्री र दर्जीले १८ माघदेखि पोखराको लामाचौर घर भएका सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाश दीप गैरेलाई फोन तथा म्यासेज गरेर पैसा माग्न थालेका थिए। ५ करोड रुपैयाँ नदिए परिवारका सवैलाई मार्दिने धम्की उनीहरुले दिन्थे।
एकै पटक ५ करोड फिरौती माग्दै ज्यान मार्ने धम्की आएपछि गैरेले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिए। अनुसन्धान गर्ने क्रममा २४ माघमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका एसपी मोहनकुमार थापा बताए।
फिरौती माग्नुभन्दा पहिला दर्जीले युट्युबमा प्रकाश दीप गैरेको भीडिओ हेर्ने गरेका थिए। विभिन्न भीडीओको विश्लेषणपछि उनी मागेजती पैसा दिनसक्ने ब्यक्ति भएको ठहर गरेका थिए। सवै कुराको बन्दबस्त मिलेपछि उनीहरु १३ माघमा गैरेको कार्यालयमै पुगेर उनको मोवाईल नम्बर लिएर फर्केको खुलेको छ।
करिव २ घण्टासम्म कार्यालयमा बसेर गफगाफ गरेपछि गैरेको मोवाईल नम्बर लिएर फर्किएका उनीहरुले त्यसपछि फोन र म्यासेज गर्दै ज्यान मार्ने धम्कीसहित फिरौती माग्न थाले। २० माघ र २३ माघमा फोन र म्यासेजको असर परे÷नपरेको विषयमा वुझ्न उनीहरु पुनः गैरेको सच्चाइ सेवा केन्द्रको कार्यालयमा गएका थिए। २४ माघमा उनीहरु पक्राउ परे।
पक्राउ परेकाहरुले ब्यवसायकै रुपमा फिरौतीलाई अगाडि वढाउन खोजेको प्रहरीको अनुशन्धानबाट खुलेको छ। राजनीतिक दलका नेता, व्यापारी, गुण्डा, भूमाफिया, औधोगिक माफिया, मेडिकल माफिया, म्यानपावर माफियाहरु उनीहरुको टार्गेटमा रहेको प्रहरीले जनाएको छ। विभिन्न ब्यक्तिहरुको नाम लेखिएको डायरी समेत प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका दिपककुमार अगाडिदेखि नै विभिन्न अपराधमा संलग्न भई पक्राउ पर्दै आएका ब्यक्ति हुन। ०७९ सालमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलेकोका उनी विरुद्ध ०७१ मा कास्कीबाटै अभद्र व्यवहारको कसुरमा पनि मुद्दालेको देखिएको एसपी थापाले बताए।
र, यो पनि