तीन तलामाथिबाट हामफालेकी महिला र कोठामै रहेका २ सन्तानको एकैसाथ मृत्यु

काठमाडौं– ललितपुरमा तीन तला माथिबाट हामफालेकी महिलाको मृत्यु भएका छ। कोठामा रहेका २ वालबालिका पनि मृत फेला परेका छन्।

महालक्ष्मी नगरपालिका–३, इमाडोल (ओचुहाइट) मा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफालेकी थिईन। स्थानीयले उनलाई झर्दाझर्दै देखेका थिए। उनलाई तत्कालै उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताए।

स्थानीयले लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटेका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो। उनीहरुको पनि उपचारका क्रममा मृत्यु भएको एसएसपी खनालले बताए।

बालबालिकाको मृत्युको कारण खुलेको छैन। पोष्टमार्टमबाट मृत्युको कारण खुल्ने उनले वताए। रविनाले आत्महत्या गरेको हुनसक्ने आशंका छ। तर, सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन।

श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी रविनाका श्रीमान घटना भएका बेला घरमा थिएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट