पतिको शेखी झार्न आत्मदाहा प्रयासः ५ वर्षिया छोरीको ज्यान गयो, आफु जिवितै
दमक– झापामा परस्त्रिसँग लागेका पतिको शेखी झार्न एक महिलाले आत्महत्या गर्न खोज्दा उनकी ५ वर्षिया छोरीको ज्यान गएको छ।
बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी राजन विककी पाँच वर्षीया छोरी वर्षाको आगोले जलेर मृत्यु भएको हो। २८ वर्षीय आमा माया रम्तेलले छोरीलाई शरीरमा बाँधेर आत्मदाहको प्रयास गरेकी थिईन।
जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन्। घटनामा दुवै जना गम्भीर घाइते भएका थिए।
उनीहरुलाई उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो। प्रहरी निरीक्षक गिरीका अनुसार आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको छ।
उनले मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको बताए। नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनु परेको उल्लेख गरेको प्रहरीको भनाइ छ।
प्रहरीले मायाका पति राजनलाई नियन्त्रणमा लिएको छ। ज्याला मजदुरी गर्ने राजन काममा गएको र घरमा ८१ वर्षीय सासू सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।
लोकप्रिय
ताजा अपडेट
बालेनको ‘घण्टी शो’ राजनीतिबीच झापामा रास्वपा कार्यालय तोडफोडः माला हुत्याएको प्रकरणले समर्थकको मन अमिलो
