अमेरिकामा श्रीमती हत्याको आरोपमा एक नेपालीभाषी पक्राउ

काठमाडौं– अमेरिकाको क्युयाहोगा फल्समा वस्दै आएकी नेपालीभाषी ३३ वर्षिया चन्द्रमाया पौडेलको हत्या भएको छ। महिलाको हत्या आरोपमा उनकै पति पक्राउ परेका छन्।

प्रहरीले मृतकका पति ३३ वर्षिय जेम्स रिमाललाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन। उनीहरु नेपाली भाषी भएपनि भुटानी शरणार्थी भएको जनाईएको छ।

आमाको मृत्यु र बुवा पक्राउ परेपछि उनीहरुका नाबालक छोराछोरीको विचल्ली भएको छ। उनीहरुका एक छोरा र दुई छोरी छन्।

चन्द्रमाया क्युयाहोगा फल्सस्थित घरबाट बुधबार बिहानै देखि बेपत्ता भएकी थिइन्। जेम्सले पत्नी बेपत्ता भएको भन्दै सोही दिन प्रहरीमा जानकारी गराएका थिए।

खोजीका क्रममा चन्द्रमायाको शव मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेलनजिकैको जंगलमा फेला परेको थियो। त्यसपछि प्रहरीले तत्कालै जेम्सलाई पक्राउ गरेको थियो।

उनीमाथि चन्द्रमायाको हत्या र प्रहरीलाई झुटो वयान दिएको आरोप छ।


प्रतिक्रिया

One thought on “अमेरिकामा श्रीमती हत्याको आरोपमा एक नेपालीभाषी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट