ओलीलाई रोक्न मेयरले कार्यक्रम स्थगित गर्दा पनि रोकिएन इटहरीमा विद्यालय भवन उद्घाटन

इटहरी– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहभागि हुन नदिन स्थगित गरिएको सुनसरीको इटहरीस्थित कचना बूढीगङ्गा महादेव विद्यालय भवनको उद्घाटन कार्यक्रम विवादकैबीचमा सम्पन्न भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नै बुधबार विद्यालय भवनको उदघाटन गरेका छन्। कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले आफ्नो लागि उदघाटन ठूलो कुरो नभएको भन्दै उद्घाटनका कार्यक्रम वडाध्यक्षबाट गराउँदा पनि फरक नपर्ने वताए।

ओलीले शिलान्यासमा चाहीँ आफ्नो चासो रहने वताए। इटहरी उपमहानगरपालिका–४ मा कुल ९ करोड ४६ लाख ८ हजार ९ सय २८ रुपैयाँको लागतमा भवनको निर्माण सम्पन्न भएपछि १७ फागुनमा उदघाटनको तयारी गरिएको थियो।

तर, अन्तिम समयमा मेयर हेमकर्ण पौडेलले कार्यक्रम स्थगित गरिएको सूचना जारी गरेका थिए। त्यसपछि स्थानीय एमाले नेताहरुले त्यसको चर्को विरोध गरेका थिए। उनीहरुले जसरी पनि ओलीलाई ल्याएर विद्यालय उदघाटन गराउने वताउँदै आएका थिए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट