केपी ओली आउने भएपछि इटहरीमा विद्यालय भवन उदघाटनको कार्यक्रम नै स्थगित

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उदघाटन पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएपछि राजनीतिक किचलो सुरु भएको छ।

यही किचलोका कारण १६ फागुनमा गर्ने भनिएको उदघाटन कार्यक्रम इटहरीका मेयर हेमकर्ण पौडेलले स्थगित गरिदिएका छन्। कार्यक्रम स्थगित भएसँगै एमाले नेता÷कार्यकर्ता आक्रोशित छन्। उनीहरुले जसरी पनि ओलीलाई ल्याएर कार्यक्रम गर्ने बताएका छन्।

मेयर पौडेलले एमालेका अध्यक्ष आउने कुरा स्विकार गर्न नसकेको र कार्यक्रम स्थगित भएको भन्दै आलोचना भईरहेको छ। तर, पौडेलले भने कार्यक्रमलाई सभ्य, भव्य, अनुशासित र मर्यादित बनाउन तत्काललाई स्थगित गरिएको ले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओली इटहरी आउने खबरले अत्यन्त हर्षित एवं उत्साहित हुँदाहुँदै कार्यक्रमलाई अझै भब्य वनाउन स्थगित गर्नु परेको उनको भनाई छ। मुलुकको प्रधानमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली उपस्थिति भएको व्यक्तित्व इटहरी आउनु समग्र इटहरीकै लागि उत्साहको विषय भएको उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट